PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

'जोली एलएलबी २' माथि सेन्सरले चलाएन कैंची



पहिलोपोस्ट

 'जोली एलएलबी २' माथि सेन्सरले चलाएन कैंची

बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म 'जोली एलएलबी २'को कुनै पनि दृश्य सेन्सरले काटेन। वेब दुनियाँका अनुसार फिल्मले प्रदर्शनका लागि युए सर्टिफिकेट पाएको छ।

जुत्ता कम्पनी बाटाको प्रचार गरिएको दृश्यलाई भने फिल्म युनिटले सेन्सन बोर्ड जानु अघिनै हटाएको थियो।

सन् २०१३मा सार्वजनिक  कमेडी जानराको फिल्म जोली एलएलबीको सिक्वेल यो फिल्ममा अन्नु कपूर, अक्षय कुमारको विपक्षमा वकालत गर्ने वकिलको रुपमा देखिन्छिन्।

सुवास कपुर निर्देशित फिल्ममा अक्षय कुमार, अन्नु कपुर, सौरभ शुक्ला र हुमा क्युरेशीको मुख्य अभिनय रहनेछ। फिल्ममा चार गीत समावेश छन्।

फक्स स्टार स्टुडियोको प्रस्तुती रहेको फिल्म आउँदो फेब्रअरी १० मा सार्वजनिक हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell