PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विधेयक पारित



पहिलोपोस्ट

काठमाडौँ : व्यवस्थापिका–संसद्को आजको बैठकले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचैँ संशोधन) विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ।

वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले प्रस्तुत गरेको सो विधेयकमाथि सांसदहरु प्रेम सुवाल, सूर्यप्रकाश वाला राई, रेवतीरमण भण्डारीलगायतले विधेयकमाथि आ–आफ्नो धारणा राखेका थिए।

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले वन तथा वन्यजन्तुको संरक्षण गर्दै आर्थिक समृद्धि हासिल गर्ने दिशामा विधेयक महत्त्वपूर्ण रहेको बताए।

नेपालले जैविक विविधताको संरक्षणलाई विशेष जोड दिएको उल्लेख गर्दै उनले दुर्लभ वन्यजन्तुको संरक्षण र तिनीहरुको अवैध व्यापार नियन्त्रण गर्न विधेयक समयसापेक्ष रुपमा ल्याइएको बताए।

संसद्को वातावरण संरक्षण समितिको प्रतिवेदनसहितको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचाैँ संशोधन) विधेयक, २०७३ माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको थियो।

व्यवस्थापिका–संसद्को अर्को बैठक आज १४:३० बजे बस्नेछ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell