
१९९८ मा फिल्म 'हम साथ साथ है' को सुटिङ युनिट फ्लोरमा रहँदा बलिउड अभिनेता सलमान खानले हरिण मारेको आरोप थियो। उनले शिकारको समय अवैध हतियार राखेको अर्को आरोप पनि थियो।
यही जनवरी १८ मा भने सलमान खानले १८ वर्षअघि कालो हरिण मारेको सो आरोपबाट सफाइ पाए। जोधपुर अदालतले सलमानसँग कुनै पनि किसिमको हतियार भएको पुष्टि नभएको भन्दै केस बन्द गर्ने निर्णय गरेको हो।
सो मुद्दाका लागि सलमानको वकिल रहेका एचएम सरस्वतले मुद्दा खारेज भए लगत्तै आफूलाई ग्याङ्गस्टरबाट मार्ने धम्की आएको बताएका छन्। उनलाई दुई दिनअघि देखि आफूलाई अन्तराष्ट्रिय ग्याङ्गस्टर बताउने व्यक्तिबाट फोन आएको उल्लेख गरेका छन्।
बलिउउड हंगामाले जनाए अनुसार सरस्वतले भने,'सलमानले मुद्दामा सफाइ पाएका कारण म खुशी छैन भन्ने प्रष्टीकरण सहित मलाई मार्ने धम्की दिइएको हो।'
एचएम सरस्वतले फोन कलबारे जानकारी दिएपछि मुम्बई पुलिसले उनको लागि सुरक्षाकर्मी खटाएको छ।
पुलिस कमिसनर अशोक राथोडका अनुसार फोन कसले गर्यो भन्ने बारे छानबिन भइरहेको छ।