PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

स्थानीय तहको पुनसंरचनामा माग पूरा नभएको भन्दै अनिश्चितकालीन यातायात बन्द



पहिलोपोस्ट

भोजपुर : स्थानीय तहको पुनसंरचनामा आफूहरुको माग पूरा नभएको भन्दै भोजपुरमा दुई दिनयता अनिश्चितकालीन यातायात बन्द भएको छ।
 
यसअघि छुट्टै गाउँपालिकाको माग गर्दै पटकपटक आन्दोलन गरिरहेका संयुक्त गाउँपालिका समन्वय समिति इलाका नं ८ र ९ ले स्थानीय तह पुनसंरचना आयोगसँग भएको सहमतिसमेत कार्यान्वयन नभएकाले अन्तिम विकल्पका रुपमा बन्दको घोषणा गरिएको संयुक्त गाउँपालिका समन्वय समितिका संयोजक हर्कराज राईले बताए।
 
बन्दपछि सो क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्गमा सवारी साधन चल्न सकेका छैनन्। सो क्षेत्र हुँदै खोटाङ जाने बस चल्न नसकेको संयुक्त बस व्यवसायी सङ्घले जनाएको छ । अनिश्चितकालीन रुपमा गरिएको बन्दका कारण यात्रु मारमा परेका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell