PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

सहायक प्रजिअको मोटरसाइकलले ठक्कर दिँदा दुईजना गम्भीर घाइते



पहिलोपोस्ट

रुकुम : सहायक प्रमुख जिल्ला अधिकारीको मोटरसाइकलले ठक्कर दिँदा रुकुममा दुईजना गम्भीर घाइते भएका छन्।

मुसिकोट नगरपालिकाको ठारढुङ्गामा रहेको आफ्नो घरबाट आज बिहान कार्यालय आउँदै गर्दा सहायक प्रजिअ शेरबहादुर पुन चढेको रा १ ब २४९ नंको मोटरसाइकलले ठक्कर दिँदा मुसिकोट नगरपालिका–६ का ५५ वर्षीय लोकबहादुर खत्री र सल्यान बाक्चौरकी १० वर्षीया भविता पुन घाइते भएका हुन्।

घाइते खत्रीको टाउको, ढाड र खुट्टामा गहिरो चोट लागेको जिप्रका, रुकुमले जानकारी दिएको छ। घाइते दुवैलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीको भनाइ छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell