
चीनको एउटा चिडियाखानामा बाघको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ।
चीनको निग्बोस्थित यन्गोर चिडियाखानामा ती व्यक्ति बाघको लागि लगाइएको पर्खालभित्र छिरेका थिए। त्यही बेला बाघले उनीमाथि आक्रमण गरेको थियो। प्रहरीले उद्धार गरेर अस्पताल पुर्याइएपछि उनको मृत्यु भयो।
उनलाई बचाउनका लागि स्थानीय प्रहरीको विशेष टोलीले बाघमाथि गोली चलाएको थियो। बाघ बस्ने ठाउँमा तिनी किन गएका थिए भन्ने कुरा थाहा भएको छैन। प्रहरीले यस विषयमा खोजबिन गरिरहेको छ।
त्यसरी त्यहाँ छिर्ने यी मान्छेको नामबारे प्रहरीले खुलाएको छैन।
यो घटनापछि हाललाई चिडियाखाना बन्द गरिएको छ। आक्रमण स्थानीय समयअनुसार दिउँसो २ बजे भएको थियो।
घटनासित जोडिएका केही तस्बिर र भिडियो क्लिप्स अनलाइनमा राखिएका छन्। ती व्यक्ति कालो पाइन्ट र निलो टिसर्टमा जमिनमा पल्टिरहेका देखिन्छन्।
एउटा बाघ उनको गाला र शिरलाई आफ्नो जिब्रोले लुछिरहेको हुन्छ भने अरु दुई वटा बाघ नजिकै उभिइरहेका देखिन्छन्। मान्छेको चित्कार सुनेर दुईटै बाघ भागेर जान्छन्। तर अर्को एक्लो बाघले भने आक्रमण गरी नै रहेको हुन्छ।
चिडियाखानाका मुख्य व्यक्तिले बाघलाई डराएर भगाउन प्रयत्नले पटाका प्रयोग गरेका थिए। आक्रमणमा परेका व्यक्तिका बच्चा र श्रीमति पनि त्यति बेला पार्कमै थिए।
पछिल्लो वर्ष जुलाईमा पनि एउटा यस्तै प्रकारको घटना भएको थियो। बाघले त्यस बेला एउटी महिला र उनकी आमामाथि आक्रमण गरेर ज्यान लिएको थियो। बेइजिङको वाइल्ड लाइफ पार्कमा दुवै जना आफ्नो कारबाट बाहिर निस्केका बेला बाघले उनीहरुमाथि आक्रमण गरेको थियो।
हेर्नुस् भिडियोमा-