PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

युवा गायक विमलको 'आँखाको भाका'मा दुई जोडीको प्रेमकथा



पहिलोपोस्ट

युवा गायक विमलको 'आँखाको भाका'मा दुई जोडीको प्रेमकथा

काठमाडौँ : ‘घरबेटी बा’, ‘धेरै प्रयास’, ‘मान्छेको जात’, ‘प्रिय तिम्रो’, ‘सारङ्गीको स्वर मिठो’ लगायतका गीत सार्वजनिक गरिसकेका युवा गायक विमल गौतमको नयाँ म्युजिक भिडियो बजारमा आएको छ।

'आँखाको भाका' बोलको यो गीतलाई डिआरले लेखेका हुन् भने डेनी निरौलाले संगीत दिएका छन्। ढकाल फिल्म्सको ब्यानरमा निर्देशक तथा मोडल नारायण ढकालले खिचेको भिडियोलाई हाइलाइट्स नेपालले युट्युब मार्फत सार्वजनिक गरेको हो। युवायुवतीको प्रेम भावलाई बोकेको गीतको भिडियोमा प्रताप, सुमन, सलिना, सबिना लगायतले अभिनय गरेका गरेका छन्।

इलामको मंगलबारेमा जन्मिएका गौतमले करिब दुई दर्जन गीतमा स्वर दिइसकेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell