
काठमाडौं : एप्पल वर्ल्ड प्रालिले मोबाइल खरिदमा विभिन्न स्किमहरु सुरु गरेको छ। भोलिदेखि आगामी फागुन १० गते सम्मका लागि एक्सचेन्ज अफर ल्याइएको कम्पनीले जनाएको छ।
दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वर्ल्ड मोबाइलले सस्तो मूल्यमा मोबाइलको कारोबार गरिरहेको प्रेस विज्ञप्तिमार्फत् जनाएको छ।
६० मिनेटमै मोबाइल मर्मतको सुविधा दिइरहेको एप्पल वल्र्ड मोबाइलले भ्यालेन्टाइन डे सम्मकालागि जुनसुकै पुरानो मोबाइल एक्सचेन्ज गर्दै नयाँ मोबाइल खरिद गर्ने मौका दिएको छ।
यसैगरी एलजीको एल ६० मोबाइल किन्दा अर्को त्यही मोबाइल फ्रिमा दिने अफर पनि ल्याएको छ।
त्यस्तै युएमआई ४ जिबी र्याम र ६४ जिबी स्टोरेज रहेको सुपर मोबाइलको खरिदमा युएमआइकै लण्डन मोबाइल सित्तैमा दिने भएको छ।
भ्यालेनटाइन डे नजिकिँदै गर्दा आफ्ना प्रेमीप्रेमिकालाई उपहार दिन मिल्ने गरी अफर ल्याएको कम्पनीले जनाएको छ। जुनसुकै मोबाइलमा पनि विशेष छुट तथा मोबाइल मर्मतमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिइएको एप्पल वर्ल्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए।
दशैं र तिहारको समयमा मोबाइल खरिद गर्ने मध्ये एक जना बम्पर प्राइज बिजेता जनकले पाएका छन् भने उनलाई सोमबार नै फसिनो स्कुटर प्रदान गरिएको छ। यसैगरी सामसुङको ४६ इन्च टिभी बेनु प्रसाईले पाइन् भने हुवावेको पि ९ मोबाइल कुमार चन्दले पाए।
यसैगरी विभिन्न कम्पनीका मोबाइल तथा अन्य पुरस्कार पाउन सफल हुनेहरुमा खगनाथ नेपाल, प्रमोद न्यौपाने, गंगा कार्की, जनार्दन गौतम, विद्या लामा, पुष्पराज भट्ट, सुन्दर मल्ल, विवेक राई, मदन गिरी, देवेन्द्र डंगोल, विपिन कँडेल, सुजाता संयुक्ता रहेका छन्।
विजेताहरुलाई मिस नेपाल अस्मी श्रेष्ठ, नेपाली सिने क्षेत्रका कलाकार निरजन थापा, दिपक घिमिरे, फुटबलर अन्जन केसीलगायतले उपहार दिएका थिए।