PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​चौथो राष्ट्रिय खुला महिला भलिबल : न्यू डायमण्ड सेमिफाइनलमा



पहिलोपोस्ट

काठमाडौं : न्यू डायमण्ड एकेडेमी सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताको दोस्रो दिन सोमबार सम्पन्न खेलमा जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३-० को सोझो सेटमा हराउँदै न्यू डायमण्डले अन्तिम चारमा स्थान बनाएको हो।

हलचोकस्थित एपीएफको भलिबल कोर्टमा भएको खेलमा न्यू डायमण्डले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथि २५–९,२५–१६ र २५–११ को सहज जित निकाल्यो। न्यू डायमण्डकी कप्तान ललितानाथ वुमन अफ द म्याच घोषित भइन्।

न्यू डायमण्डकी चर्चित स्पाईकर प्रतिभा माली र सेटर कृपा अधिकारीको उपस्थितिविना जित निकाल्दा क्विक स्पाइकर लालिता नाथ ओपन स्पाइकरको भूमिकामा थिइन्। सेटर कृपाको स्थानलाई श्रीना मालीले भरपाई गरेकी थिइन्। 

समूह एबाट दुबै खेलमा पराजित भएको जाउलाखेल प्रतियोगिताबाट बाहिरिएको छ भने आयोजक एपीएफ पनि न्यू डायमण्डसँगै सेमिफाइनलमा पुगेको छ। मंगलवार हुने न्यू डायण्ड र एपीएफको खेलबाट समूह विजेता र उपविजेताको छिनो–फानो हुनेछ।

माघ २० गतेसम्म संचालन हुने प्रतियोगितको विजेताले २ लाख ५० हजार,उपविजेताले १ लाख २५ हजार र तेश्रो हुनेले ५० हजार नगद प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell