PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

६५ अङ्कले घट्यो सेयर बजार



पहिलोपोस्ट

काठमाडौँ : बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेपछि सेयर बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ।
 
निरन्तर ओरालो लागेको नेप्से आज ६५.४४ अङ्कले तल झरेर एक हजार ३०९.७० अङ्कमा आइपुगेको छ। आज एक हजार ३७५.४७ अङ्कमा बजार खुलेको थियो।
 
आज सबैभन्दा धेरै बिमा समूहका लगानीकर्ताले गुमाएको नेप्सेले उल्लेख गरेको छ। बिमा उपसूचक ८.७ प्रतिशतले घटेको छ। बिमापछि होटल उपसूचक ७.२४, फाइनान्स ५.४८ र बैंकिङ ४.६३ प्रतिशतले घटेका छन्। विकास बैंक, जलविद्युत् र अन्य उपसूचकमा पनि ठूलै कमी आएको छ।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell