काठमाडौं : परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको सिफारिस पत्र किर्ते गरी नक्कली पिए बनाएर असम्बद्ध व्यक्तिलाई स्पेन लैजाने प्रयास गरेको घटनामा तानिएका माओवादी केन्द्रका सभासद् डोरप्रसाद उपाध्याय सार्वजनिक लेखा समितिको सभापति भएका छन्।
सोमबार भएको निर्वाचनमा सत्ताधारी दल माओवादी केन्द्र र नेपाली कांग्रेसको समर्थनमा उनी सभापति निर्वाचित भए।
कांग्रेस सांसद खतिवडाको प्रस्ताव र माओवादी प्रमुख सचेतक टेकबहादुर बस्नेतको समर्थनमा उम्मेदवार बनेका उनी एमालेका उम्मेदवार पशुपति चौलागाईंलाई ७ मतले पराजित गर्दै सभापति भए।
के हो घटना?
असम्बन्धित व्यक्तिलाई सहयोगी बनाएर स्पेन लैजाने तयारी गरेको खुलेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धानमा तानेको माओवादी केन्द्रका ८ सांसदको सूचीमा डोरप्रसाद समेत थिए।स्पेनमा २९ जुनदेखि १ जुलाईसम्म आयोजना हुने ‘एन्टी माइक्रोबायल रिसर्च' (सूक्ष्म जीवाणु अध्ययन) सम्बन्धी कार्यक्रममा भाग लिन उपाध्यायले अन्य माओवादी सांसदसँगै भिसाका लागि आवेदन दिएका थिए।
कार्यक्रममा सहभागी हुन आएको निमन्त्रणापत्र, संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाको भिसा सिफारिसपत्र र कन्सुलर सेवा विभागको पत्र सहित भारतमा रहेको स्पेनी दूतावासमा भिसाको लागि पुगेको पत्रमध्ये कन्सुलर विभागको पत्र किर्ते गरी सहदेव थापालाई उपाध्यायको पिए बनाइएको खुलेको थियो।
ब्युरोले उपाध्यायसँगै माओवादी केन्द्रका सांसद गोमा कुँवर, सिर्जना तमारु खत्री, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरीमाथि अनुसन्धान गरेको थियो। अनुसन्धानमा भिसा आवेदनका लागि स्पेनको दूतावासमा पुगेको कन्सुलर विभागको पत्र किर्ते गरेर असम्बन्धित व्यक्तिलाई सहयोगी बनाएर मानव तस्करीको प्रयास भएको पुष्टि भएको थियो।
प्रतिव्यक्ति ९ देखि १४ लाख रुपैयाँसम्म लिएर सरकारी पत्र किर्ते गरेर असम्बन्धित व्यक्तिलाई स्पेन लैजाने प्रयास भएको अनुसन्धानमा खुलेको थियो। अनुसन्धानमा माओवादी सांसद जानकी साउदका आफन्त शेरबहादुर साउद र रोहित भन्ने दिनेश खड्का जोडिएका थिए। खड्का पक्राउ परे तर मुख्य आरोपित शेरबहादुर पक्राउ परेनन्।
स्पेन जाने सूचीमा असम्बन्धित व्यक्तिको नाम राखेको खुलेपछि सांसद डोरप्रसाद उपाध्यायसँग गत असारमा जिज्ञासा राख्दा उनले ‘आफूले पनि बुझिरहेको’ दाबी गर्दै 'विश्वास गरेर केही साथीमार्फत स्पेन जाने प्रक्रिया अगाडि बढाएको र कन्सुलरको पत्रमा सहयोगीका रूपमा नाम राखिएका सहदेव थापासँग आफ्नो चिनजानसमेत नभएको बताएका थिए।
स्पेन जाने प्रक्रियामा सघाउने साथी को हुन्? भन्ने जिज्ञासामा उनले ‘हाम्रै साथीहरू हुन्, पछि भनौंला' भन्दै टारेका थिए।
कार्यक्रममा सहभागी हुन आएको निमन्त्रणापत्र, संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाको भिसा सिफारिसपत्र र कन्सुलर सेवा विभागको पत्र सहित भारतमा रहेको स्पेनी दूतावासमा भिसाको लागि पुगेको पत्रमध्ये कन्सुलर विभागको पत्र किर्ते गरी सहदेव थापालाई उपाध्यायको पिए बनाइएको खुलेको थियो।
ब्युरोले उपाध्यायसँगै माओवादी केन्द्रका सांसद गोमा कुँवर, सिर्जना तमारु खत्री, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरीमाथि अनुसन्धान गरेको थियो। अनुसन्धानमा भिसा आवेदनका लागि स्पेनको दूतावासमा पुगेको कन्सुलर विभागको पत्र किर्ते गरेर असम्बन्धित व्यक्तिलाई सहयोगी बनाएर मानव तस्करीको प्रयास भएको पुष्टि भएको थियो।
प्रतिव्यक्ति ९ देखि १४ लाख रुपैयाँसम्म लिएर सरकारी पत्र किर्ते गरेर असम्बन्धित व्यक्तिलाई स्पेन लैजाने प्रयास भएको अनुसन्धानमा खुलेको थियो। अनुसन्धानमा माओवादी सांसद जानकी साउदका आफन्त शेरबहादुर साउद र रोहित भन्ने दिनेश खड्का जोडिएका थिए। खड्का पक्राउ परे तर मुख्य आरोपित शेरबहादुर पक्राउ परेनन्।

स्पेन जाने प्रक्रियामा सघाउने साथी को हुन्? भन्ने जिज्ञासामा उनले ‘हाम्रै साथीहरू हुन्, पछि भनौंला' भन्दै टारेका थिए।
ब्युरोले ८ सांसद जोडिएको घटनालाई मानव तस्करीको प्रयास र सरकारी दस्तखत छाप कीर्तेको अभियोगमा अनुसन्धान आगाडि बढाउँदै भदौमा खड्कालाई पक्राउ गरेको थियो।
उपाध्याय लगायत माओवादी केन्द्रका ८ सांसदले
‘पक्राउ परेका दिनेश खड्काको बयानमा सांसदको संलग्नताबारे नखुलेको र मुख्य आरोपित शेरबहादुर साउद फरार रहेको’ भन्दै तत्काल 'क्लिनचिट' पाएका थिए।
पक्राउ परेका खड्काको नाममा धरौटी निस्कियो तर उनी अर्को ठगीको घटनामा अदालतबाट दुई वर्ष कैद सजाय पाएका फरार व्यक्ति रहेको खुलेपछि जेल चलान भए।
सोही केसमा जोडिएका मुख्य व्यक्ति शेरबहादुर साउद अझै फरार रहेकाले सो प्रकरणमा सांसदको भूमिकाबारे थप खुलेको छैन।

सोही केसमा जोडिएका मुख्य व्यक्ति शेरबहादुर साउद अझै फरार रहेकाले सो प्रकरणमा सांसदको भूमिकाबारे थप खुलेको छैन।