PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

​आठौं रुस्लान सिमरा गोलडकप बिहीबारदेखि, उद्घाटन खेलमा आयोजक नव जनजागृति र सरस्वती युथ भिड्ने



राधेश्याम पटेल

​आठौं रुस्लान सिमरा गोलडकप बिहीबारदेखि, उद्घाटन खेलमा आयोजक नव जनजागृति र सरस्वती युथ भिड्ने

वीरगञ्ज : आठौं संस्करणको रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुदैंछ। आयोजक नव जनजागृति युवा क्लब सिमराद्वारा सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको आठौं सस्करण बारे जानकारी गराएको हो।

बाराको सिमरा रंगशालामा हुँदै आएको प्रतियोगितामा यसपटक नेपालभित्रकै १० टिमहरुको सहभागिता रहने छ। जसमा ए डिजिनका ५ र मोफसलका ५ क्लब छन्।

प्रतियोगितामा सहभागी हुने ए डिभिजन क्लबमा सिएमजी संकटा, नेपाल आर्मी, सशस्त्र प्रहरी बलको एपिएफ, हिमालयन शेर्पा क्लब काठमाडौं, सरस्वती युथ क्बल काठमाडौं छन्। यसबाहेक रुपन्देही क्लब, सहारा क्लब पोखरा, विजय युथ क्लब हेटौंडा, वीरगञ्ज यूनाईटेड क्बल र आयोजक नव जनजागृति युवा सिमरा क्लबहरुको सहभागिता हुनेछ।

प्रतियोगिताको उद्घाटन खेल आयोजक नव जनजागृति क्बल सिमरा र सरस्वती युवा क्लब काठमाडौंबीच हुनेछ।

माघ २० देखि २९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५ लाख ५१ हजार र दोस्रो हुनेले २ लाख ५१ हजार पुरस्कार हात पार्नेछन्।

गत वर्ष पनि प्रथम र दोस्रो विजेतालाई यतिकै पुरस्कार राशी राखिएको थियो। हरेक वर्ष पुरस्कार राशी बढाउँदै आएको आयोजकले यस वर्ष पुरस्कार यथावत राखेको छ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान यामाहा मोटरसाइकल प्रदान गरिनेछ भने विभागत उत्कृष्टलाई १५/१५ हजारको पुरस्कार दिने आयोजकले जनाएको छ। त्यस्तै हरेक खेलको 'म्यान अफ दी म्याच'लाई नगद ५ हजार प्रदान गरिनेछ।

कुल ६८ लाख ३३ हजार अनुमानित लागत रहेको प्रतियोगितामा यस वर्ष ६३ जनाको दुर्घटना/जीवन विमाको व्यवस्था गरिएको प्रतियोगितामा आयोजक मुल समितिका अध्यक्ष काशिम मियाँले जानकारी गराए।

प्रतियोगिता अवधीमा दर्शक, आयोजक सदस्य, खेलाडीहरु घाइते भए भने ५० हजारको दुर्घटना विमा एवं घाइते भई मृत्यु हुन गएमा ५ लाखसम्म प्रति व्यक्ति जीवन विमा गरिएको आयोजकले जानकारी दिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell