PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

इटहरीको नहर नजिकै इन्काउन्टर, प्रहरीको गोली लागेर तीन जना घाइते



पहिलोपोस्ट

इटहरीको नहर नजिकै इन्काउन्टर, प्रहरीको गोली लागेर तीन जना घाइते

इटहरी : इटहरीको खनारमा प्रहरी र आपराधिक समूहविच भएको इन्काउन्टरमा तीन जना घाइते भएका छन्। खनारमा प्रहरी र स्थानीय आपराधिक समूहविच मोरङ सिंचाई आयोजनाको नहरखण्डमा इन्काउन्टर भएको थियो।

इन्काउन्टरमा गोली लागेर श्रवण सरदार, करिश्मा चौधरी र सतन पासवान घाइते भएका छन्। घाइते भएका तीनै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

प्रहरीले घाइते भएकाहरु सो क्षेत्रमा हुने लुटपाट, डकैती र लागुऔषध कारोबारमा संम्लग्न समूहका सदस्य रहेको र उनीहरुलाई पक्राउ गर्न खोज्दा भागेपछि नियन्त्रणमा लिन गोली चलाउनुपरेको दावी गरेको छ।

स्थानिय प्रहरीका अनुसार घटनास्थलमा प्रहरीले चार वटा अटोमेटिक पेस्तोल र २५ राउण्ड बढी गोली फेला पारेको दावी गरेको छ। घटनास्थलमा लागुऔषध कोरेक्स फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
 
सांकेतिक फोटो : www.tribune.com.pk



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell