PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

संविधान कार्यान्वयनका लागि समयमै तिनै तहको निर्वाचन गर्नुपर्दछ : महामन्त्री कोइराला



पहिलोपोस्ट

संविधान कार्यान्वयनका लागि समयमै तिनै तहको निर्वाचन गर्नुपर्दछ : महामन्त्री कोइराला

नवलपरासी : नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले संविधानको कार्यान्वयनका लागि समयमै तिनै तहको निर्वाचन गर्नुपर्ने बताएका छन्।
 
देवचुली–१५ प्रगतिनगरस्थित पशुपति वैदिक आश्रम ट्रस्टबाट सञ्चालित धनधान्याचल महायज्ञ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले समयमै स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन गराउनुपर्ने बताएका छन्। साथै उनले त्यसपछि मात्र हिन्दू राष्ट्रबारेको जनमत लिनुपर्ने धारणा व्यक्त गरे।
 
उनले हिन्दू राष्ट्र पक्षको जनमतबाट आएको सुझाव वा मतलाई सबैले स्वीकार गर्नुपर्ने बताउँदै नेपाल हिन्दू राष्ट्र हुनेमा विश्वाससमेत व्यक्त गरे। गत शुक्रबार सुरु भएको महायज्ञ यही माघ २३ गतेसम्म चल्नेछ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell