PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​ट्रम्पलाई क्यानडाको जवाफ : द्धन्द्धबाट भागिरहेकालाई क्यानडामा स्वागत छ



पहिलोपोस्ट

​ट्रम्पलाई क्यानडाको जवाफ : द्धन्द्धबाट भागिरहेकालाई क्यानडामा स्वागत छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम देशका शरणार्थीलाई अमेरिकाको ढोका बन्द गर्ने घोषणा गरेकै बेला उनको छिमेकी मुलुक क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आतंकवाद र युद्धबाट पिडितहरुलाई सामाजिक सञ्जाल मार्फत सन्देश दिए' #welcometocanada '

उनले जुन धर्म मान्ने ब्यक्ति भए पनि क्यानडाले स्वागत गर्ने भन्दै लेखे ' जुन ब्यक्ति अत्याचार, आतंकवाद र द्धन्द्धबाट भागिरहेका छन् क्यानडा उनलाई स्वागत गर्नेछ। विविधता नै हाम्रो शक्ति हो।'

ट्रम्पले सुरक्षालाई कारण देखाउँदै मुस्लिम बाहुल इराक, सिरिया, लिबिया, सोमालिया, सुडान यमनगरी ७ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने निर्णय गरेपछि विश्वभरनै त्यसको आलोचना भइरहेको बेला क्यानडाका प्रधानमन्त्रीको सन्देशको सबैतिरबाट स्वागत भइरहेको छ।


उनले आफ्नो ट्विटर ह्यान्डलमा क्यानडामा स्वागत छ भन्ने ह्यासट्यागसँगै एक बालिकासँगको तस्विर राखेका थिए। जो ९६ हजार पटक रिट्विट भइसकेको छ।

आलोचना बढेपछि ट्रम्पले ट्विट गर्दै' सधै तेस्रो विश्वयुद्ध शुरु गर्ने प्रयास गर्नुको साटो आफ्नो उर्जा आइएसआई,अबैध शरणार्थी र सिमा सुरक्षामा लगाउनु' भन्दै सिनेटरलाई आग्रह गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell