PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

रुनी र भार्डीलाई पछि पार्दै एडम लालानाले जिते 'इंगल्याण्ड प्लेयर अफ दी इअर अवार्ड'



पहिलोपोस्ट

रुनी र भार्डीलाई पछि पार्दै एडम लालानाले जिते 'इंगल्याण्ड प्लेयर अफ दी इअर अवार्ड'

लिभरपुलका प्लेमेकर एडम लालनाले 'इंगल्याण्ड प्लेयर अफ दी इअर अवार्ड जितेका छन्। लालानाले कप्तान वायन रुनी र जेमी भार्डीलाई इंगल्याण्ड सपोर्टर क्लब मेम्बरले गरेको भोटको आधारमा पछि पारेका हुन्।

लालानाले ३९ प्रतिशत भोट प्राप्त गरे भने जेमी भार्डीले १२ तथा रुनीले ८ प्रतिशत मात्र भोत पाए।

'यो अवार्ड ठूलो सम्मान हो।' लालानाले द एफए को बेबसाइटसँग भनेका छन्। 'पछिल्लो तीन वर्षको विजेताहरु रुनी (२०१५), रुनी (२०१४) र स्टेभेन जेरार्ड (२०१२) थिए, त्यसैले पनि प्रस्ट पार्छ की यो कती ठुलो उपलब्धी हो भनेर।'

२०१६ मा लालाना इंगल्याण्डको रेगुलर सदस्य थिए। उनले सेप्टेम्बरमा स्लोभाकिया विरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए।

सन् २०१३ मा चिली विरुद्ध डेब्यु गरेका लालनाले इंगल्याण्डका लागि अहिलेसम्म २९ खेल खेल्दै ३ गोल गरेका छन्। 

यस्तै साउथह्याम्पटनका नाथन रेडमण्डले 'यु २१ प्लेयर अफ दी इअर' घोषित भएका छन्। उनले इंगल्याण्ड सपोर्टर क्लब मेम्बरबाट ३२ प्रतिशत भोट प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell