PahiloPost

Mar 21, 2026 | ७ चैत्र २०८२

​आमाको क्यान्सरबाट निधन बावु प्यारालाइसिस् पीडित, छोराछोरीको बिचल्ली



पहिलोपोस्ट

रुकुम : क्यान्सर रोगका कारण रुकुममा एक जनाको मृत्यु भएको छ। 

जिल्लाको भलाक्चा–४ कि ४० वर्षीया धनमाया बुढाको क्यान्सरका कारण मृत्यु भएको आफन्तले जानकारी दिएका छन्। दुई महिनादेखि पेटको क्यान्सरबाट पीडित भएकी बुढाको आइतबार साँझ मृत्यु भएको हो। 

आर्थिक अभाव हुँदा पेटमा क्यान्सर भएपनि उनको उपचार हुन सकेको थिएन । उपचार गराउने पैसा नभएपछि आफन्तले गाउँमा धामीझाँक्री लगाएको मृतकका श्रीमान् देवीराम बुढाले जानकारी दिए। 

उपचारको लागि सहयोग माग्दै जिल्लाका सबै ठाउँमा पुगेपनि कसैले सहयोग नगर्दा श्रीमतीको मृत्यु भएको देवीरामले गुनासो गरे। 

देवीराम पनि अहिले प्यारालाइसिसबाट पीडित छन्। आमाको मृत्यु र बुबा प्यारालाइसिसबाट पीडित भएपछि उनका चार छोराछोरी बिचल्लीमा परेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell