PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​हात्तीको आक्रमणमा परी पर्सामा ६० वर्षीय वृद्धको मृत्यु



राधेश्याम पटेल

वीरगन्ज : जंगली हात्तीको आक्रमणमा परी पर्सामा एक कहरथुवा बाबाको मृत्यु भएको छ। मृत्युु हुनेमा पर्सा, निचुटा २ मनहार्वाका ६० वर्षीय वृद्ध ठग यादव रहेका छन्।

आइतवार अपराह्न ४ बजेको समयमा यादव पर्सा, सोनवर्सा ९ रामभौरी भाथा मा रहेको दुधेश्वरनाथको मन्दिर जाने क्रममा उनीमाथि हात्तीले आक्रमण गरेको थियो। आक्रमणमा परी उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक महेश बस्नेतले जानकारी दिए।

पर्सा वन्यजन्तु आरक्ष क्षेत्र चरभैया पोस्ट मन्दिर सडकको वीचमा घटना भएको हो।

हरेक वर्ष श्रीपञ्चमीका दिन नेपाल भारतका कहरथुवा बोलबम बाबाहरु जलाभिषेक गर्न रामभौरीको शिव मन्दिर दुधेश्वरनाथ पुग्ने गर्छन्।

वीरगन्जबाट ४५ किलोमिटर पश्चिम–उत्तरमा यो मन्दिर पर्छ। आइतवार बेलुकासम्म करिब २ सय कहरथुवा भक्तजन राभौरी पुगिसकेका छन्। उनीहरुको सुरक्षाको लागि नेपाल प्रहरी परिचालन गरिएको पर्साका सुरक्षा अधिकारीहरुले बताएका छन्। 

मृतकको शव पोष्टमार्टमको लागि वीरगन्ज ल्याईएको छ। घटनापछि रामभौरी क्षेत्र त्रसित बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell