PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

परियार र मिजार हत्या घटनाको छानबिन अघि बढिसक्यो : प्रधानमन्त्री



पहिलोपोस्ट

परियार र मिजार हत्या घटनाको छानबिन अघि बढिसक्यो : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार दलित समुदायका समस्या समाधानप्रति कटिबद्ध भएर लागेको बताएका छन्।
 
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय दलित मुक्ति मोर्चाका प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले लक्ष्मी परियार र अजित मिजारको घटनामा संलग्नहरुमाथि कारबाहीका लागि छानविन प्रक्रिया अघि बढेको जानकारी पनि गराए।
 
तिलक परिवारको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले लक्ष्मी परियार र अजित मिजारका हत्याराहरुमाथि कारवाही, पीडितलाई क्षतिपूर्ति, दलित विकास समिति खारेज गर्न खोजिएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो। सो क्रममा प्रधानमन्त्रीले पीडितका परिवारलाई उचित क्षतिपूर्ति दिइने बताएका छन्।

दलित आयोगलाई संवैधानिक मान्यता प्राप्त हुनु ठूलो उपलब्धि भएको बताउँदै उनले दलितहरुको विकास र समृद्धिका पक्षमा कार्य गर्दै आएको उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिलाई अझ सक्रिय पार्ने बताए।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell