PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

'रईस'ले रच्यो इतिहास, १०० करोड छुने २०१७ को पहिलो फिल्म



पहिलोपोस्ट

'रईस'ले रच्यो इतिहास, १०० करोड छुने २०१७ को पहिलो फिल्म

साहरुख खान अभिनित फिल्म 'रईस'ले बक्स अफिसमा निकै कमाइ गर्दैछ। 'रईस' विकएन्डमा पहिलो सानदार कमाइ गरेर १०० करोड क्लवमा समावेश हुने २०१७ को पहिलो फिल्म बनेको छ। यस फिल्मले चार दिनमा ७५ करोडको आँकडा पार गरेको छ। योसँगै रिलिज भएको ऋतिक रोशनको फिल्म 'काबिल'ले पनि राम्रो कमाई गरिरहेको छ।
 
'रईस'मा साहरूख खानसित माहिरा खान र नवाजुद्दीन सिद्दीकी मुख्य भूमिकामा छन्। उता ऋतिक रोशन र यमी गौतम अभिनित 'काबिल'ले पनि बक्स अफिसमा लगातार कमाइ गरिरहेको छ।
 
कमाइका हिसाबले साहरुखको फिल्म नै अगाडि देखिन्छ। यसको अनुमान दुईटै फिल्मको प्रिबुकिङबाटै भएको थियो। 'रईस'ले प्रिबुकिङमा १२ करोड हात पारेको थियो। काबिलको कमाइ भने ३ करोडको आसपासमा रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell