PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

एक सयभन्दा बढी नयाँ कुष्ठरोगी फेला, बाँके सबैभन्दा धेरै कुष्ठरोगी भएको जिल्ला



पहिलोपोस्ट

गुलरिया (बर्दिया) : कुष्ठरोग निवारण अभियानअन्तर्गत् यही माघ १० गतेदेखि हालसम्म जिल्लामा एक सय जना कुष्ठरोगी फेला परेका छन्।
 
कुष्ठरोग निवारणका लागि सञ्चालित अभियानअन्तर्गत् बर्दियामा सोमबारसम्म एक सय २० नयाँ कुष्ठरोगी फेला परेकामा २७ जनामा एमबी र ९० जनामा पिबी प्रकार देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। तीन जनाको भने विस्तृत रुपमा जाँच गर्न बाँकी रहेको बताइएको छ। तीमध्ये नौ जना बालबालिका रहेको कार्यालय प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए।
 
यससँगै जिल्लामा अब कुष्ठरोगको औषधि सेवन गरेकाहरुको सङ्ख्या दुई सय ४० पुगेको बताइएको छ। बाँके सबैभन्दा धेरै कुष्ठरोगी भएको जिल्ला मानिन्छ। धनुषा र बर्दियामा पनि धेरै कुष्ठरोगी छन्।
 
सरकारले सन् २०२० सम्म ७५ वटै जिल्लाबाट कुष्ठरोग निवारण गर्ने उद्देश्यले बाँके र बर्दियामा नयाँ कुष्ठरोगी खोज्न सुरु गरेको छ। कुष्ठरोग निवारण अभियानअन्तर्गत् घरदैलो कार्यक्रमलाई प्राथमिकता दिइएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell