PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

नाकाबन्दीमा चर्चामा आएको सिर्सिया बन्दरगाहको राजस्व किन घट्यो? ६ महिनामा ४० करोड कम



राधेश्याम पटेल

नाकाबन्दीमा चर्चामा आएको सिर्सिया बन्दरगाहको राजस्व किन घट्यो? ६ महिनामा ४० करोड कम

वीरगन्ज : गत वर्षको मधेस आन्दोलन र नाकाबन्दीको समय वीरगन्ज भन्सारलाई राजस्व असुलीमा उछिनेको सिर्सिया सुक्खा बन्दरगाह भन्सारको राजस्व चालु आर्थिक वर्षमा घट्दै गएको छ।

नाकाबन्दीका समयमा वीरगन्ज भन्सार अवरुद्ध भएपछि रेलमार्गमार्फत धेरै व्यवसायीले सामान ल्याएका थिए। त्यो बेलामा सुक्खा बन्दरगाहले वीरगञ्ज भन्सारलार्इ समेत राजस्व असुलीमा जितेको थियो।
 
सिर्सियाले चालु आर्थिक वर्षको पुससम्म १० अर्ब ९३ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य राखेको थियो। तर १० अर्ब ५३ करोड रुपैयाँ मात्र राजस्व संकलन गरेको छ। यो भनेको ६ महिनामा ४० करोड कम राजस्व हो।
 
गत आवको यस अवधिमा भन्सारले ५ अर्ब ६९ करोड रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो। चालु आवको यस अवधिमा तोकिएको लक्ष्यको ९७ प्रतिशत राजस्व असुली गरिएको सिर्सिया सुक्खा बन्दरगाहका भन्सार प्रमुख सूर्य सेढाईंले बताए। 

भन्सार कार्यालयले पनि पुस महिनामा १ अर्ब ६२ करोड रुपैयाँ राजस्व उठाएको थियो। प्रमुख सेढाईंका अनुसार, पुसमा १ अर्ब ८९ करोड रुपैयाँ राजस्व संकलन गर्ने भन्सारको लक्ष्य थियो।
 
पछिल्लो महिनाहरुमा लक्ष्यभन्दा कम राजस्व असुली हुनुमा मालसामानको आयात नै कम भएको उनी बताउँछन्। यो बन्दरगाहमा बढीजसो मकै, गहुँ, मल जस्ता सामान भित्रने गरेका छन्। 'तर राजस्वमा योगदानाको दृष्टिले यी सामानको भूमिका कम नै रहन्छ,' प्रमुख भन्सार अधिकृत सेढाईंले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell