PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

अनुप बिक्रम शाही फिल्म 'निसाफ'मा



पहिलोपोस्ट

अनुप बिक्रम शाही फिल्म 'निसाफ'मा

काठमाडौं: फिल्म 'किङ'को व्यवसायिक सफलतासँगै कलाकार अनुप बिक्रम शाही नयाँ फिल्ममा अनुबन्धित भएका छन्।  विवेक सापकोटाको निर्देशनमा चलचित्र ‘निसाफ’मा उनको मुख्य भूमिका रहने भएको हो।

अपराधिक घटना र प्रेमकथा माथी फिल्म निर्माण हुन लागेको निर्देशक सापकोटाले जानकारी दिए।

सुपरियल फिल्मस्को ब्यानरमा बन्ने ‘निसाफ’ एस जंग रानाले निर्माण गर्न लागेका हुन्। अनुप बिक्रम शाहीसँगै सरोज खनाल, धुर्व कोइराला,  यादव बैरागी, भरत ढुङगाना र नव प्रस्तुति साधना सिलवाल, शिशिर भट्ट सगुन थापा, बिजयजंग रायमाझी लगायत कलाकारको अभिनय रहनेछ।

फिल्मका लागि पटकथा लेखन पनि निर्देशक विवेकको रहेको छ। दिब्य सुवेदीको छायाँकन, मनोज चौलागाइको संगीत, श्री श्रेष्ठको द्धन्द्ध र कवीराज गहतराज र बब्बुको नृत्य निर्देशन हुने निसाफलाई वितरण रोहित रत्नले गर्ने बताइएको छ।

आउँदो फागुन ५ बाट फिल्म युनिट छायाँकनमा जानेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell