PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

बारामा बस र ट्रक जुध्यो, ११ जना घाइते



पहिलोपोस्ट

बारा : बाराको अमलेखगन्ज-८ मा आज रात्रिबस र ट्रक ठोक्किँदा ११ जना घाइते भएका छन्।
 
काठमाडौंबाट सर्लाही जाँदै गरेको ना ५ ख ६५९८ नम्बरको रात्रिबस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ८३०३ नम्बरको ट्रक आज बिहान आपसमा ठोक्किएका थिए। दुर्घटनामा बसमा सवार ८ जना र ट्रकमा सवार ३ जना घाइते भएका हुन्।
 
घाइते सबैको तराई सिमरा अस्पतालमा उपचार भइरहेको छ। फरार रहेका बस चालकको खोजी भइरहेको र ट्रक चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अमलेखगन्जले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell