खजुरा (बाँके) : मध्यपश्चिमाञ्चलमा सवारी दुर्घटनामा परी गत छ महिनामा एक सय १६ जनाको मृत्यु भएको छ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको पछिल्लो तथ्याङ्कअनुसार सवारी दुर्घटनामा परी दुई सय ३० जना घाइते भएका छन्।
आव २०७२/७३ को साउनमा नौ, भदौमा सात, असोजमा २३, कात्तिकमा २२, मङ्सिरमा २५ र पुसमा २० जनाको सडक दुर्घटनामा परी मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
मृत्यु हुनेमा पुरुषको सङ्ख्या बढी छ। सो कार्यालयका अनुसार सडक विस्तारसँगै मुख्य रुपमा चालकको लापर्बाहीले गर्दा नै सवारी दुर्घटना हुने गरेको छ।
चालकले मापसे गरेर सवारी साधन चलाउने गरेकाले र धेरैजसो चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ। त्यस्तै ठूलाभन्दा साना सवारी साधन बढी दुर्घटना परेका छन्।रासस