PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

चाँडो राजदूत नियुक्ति गर्न संसदीय समितिको निर्देशन, परराष्ट्रमन्त्री भन्छन्- 'अब प्रक्रिया बढ्छ'



पहिलोपोस्ट

चाँडो राजदूत नियुक्ति गर्न संसदीय समितिको निर्देशन, परराष्ट्रमन्त्री भन्छन्- 'अब प्रक्रिया बढ्छ'

काठमाडौं : संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्त गर्नका लागि सरकारलाई निर्देशन दिएको छ।
 
समितिको आजको बैठकले कतिपय अवैतनिक वाणिज्यदूत निष्क्रिय रहेको र कतिपय स्थानमा लामो समयसम्म रहेकाले नियामावली अनुसार पदपूर्ति गर्न र परिवर्तन गर्न पनि निर्देशन दिएको हो।

समितिका सभापति प्रभु साहले लामो समयदेखि राजदूत रिक्त हुँदा ती देशमा नेपालको कूटनीतिक भूमिका कमजोर हुने भएकाले तुरुन्त नियुक्ति गर्न निर्देशन दिने निर्णय भएको बताए।
 
हाल १४ मुलुकमा राजदूत रिक्त छन्। ६४ अवैतनिक महावाणिज्यदूत रहेकोमा केहीको कार्यावधि सकिएको र केहीका म्याद थपको प्रक्रियामा रहेको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिए। उनका अनुसार नेपालमा ४१ जना अन्य देशका अवैतनिक महावाणिज्यदूत कार्यरत छन्। 

बैठकमा उपस्थित भएका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले राजदूत नियुक्तिका लागि आफू निकै हतारिएको भन्दै चाँडै प्रक्रिया अघि बढ्ने बताएका छन्।
 
यस्तै, उनले भारत र चीनबीचको सम्बन्धलाई परिपूरक कोणबाट हेरिएको भन्दै समान सम्बन्ध अघि बढाइएको धारणा राखे। 'चीनसँग भएका रेल्वेलाइन, ट्रान्समिसन लगायतका सम्झौतामाथि अध्ययन भइरहेको छ,' मन्त्री महतले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell