PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

अनुदान सम्झौता भएका ९३ प्रतिशत भूकम्पपीडितले पाए पहिलो किस्ताको रकम



पहिलोपोस्ट

अनुदान सम्झौता भएका ९३ प्रतिशत भूकम्पपीडितले पाए पहिलो किस्ताको रकम

काठमाडौं : ०७२ बैसाखको भूकम्पबाट क्षति भई सरकारसँग अनुदान सम्झौता भएकामध्ये ९३ प्रतिशतले पहिलो किस्ताको रकम पाएका छन्। राष्ट्रिय पुनर्निर्माण प्रधिकरणले निजी घर पुनर्निर्माणका लागि अनुदान सम्झौता भएका ५ लाख ५० हजार २ सय ४१ मध्ये ५ लाख १० हजार १ सय ३० परिवारले पहिलो किस्ताको ५० हजार रुपैयाँ प्राप्त गरेको जनाएको हो।
 
प्राधिकरणका अनुसार सबैभन्दा बढी मानवीय क्षति भएको सिन्धुपाल्चोक जिल्लामा अनुदान सम्झौता गरेका ७४ हजार ९ सय २४ घरधनीमध्ये ७४ हजार ९ सय १२ परिवारले पहिलो किस्ताको अनुदान रकम प्राप्त गरेका छन्। १२ परिवारले लिन बाँकी रहेको भन्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले तथ्यांक सार्वजनिक गरेको हो।
 
यस्तै ओखलढुंगामा १८ हजार ३ सय १,  नुवाकोटमा ६० हजार ४ सय ७४, रामेछापमा ३९ हजार ७ सय ५९, दोलखामा ४७ हजार ७९ ले अनुदान प्राप्त गरेको प्राधिकरणले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell