PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

नेशनल मेडिकल कलेजमा खराब मिर्गौला फाल्ने जटिल शल्यक्रियाको सफल परीक्षण



राधेश्याम पटेल

नेशनल मेडिकल कलेजमा खराब मिर्गौला फाल्ने जटिल शल्यक्रियाको सफल परीक्षण

वीरगन्ज : नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जले खराब मिर्गौला फाल्ने जटिल शल्यक्रिया सफतापूर्वक गरेको छ। अस्पतालका सर्जन डा. पशुपति भट्ट नेतृत्वको चिकित्सक टोलीले आइतबार अस्पतालमा यस्तो जटिल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ।
 
मध्यतराईमै पहिलो पटक यस्तो शल्यक्रिया गर्न सफल भएको अस्पतालको दाबी छ। रौतहटकी एक १३ बर्षिया बालिकाको मिर्गौलाको ‘ल्याप्रोस्कोपिक नेफ्रेक्ट्रोमी’ शल्यक्रिया गरिएको हो। उनको दुई मिर्गौलामध्ये एकमा खराबी थियो। स्वास्थ्य विज्ञानको दृष्टिकोणले खराब मिर्गौलालाई फाल्नु उचित भएकोले शल्यक्रिया विधि अपनाई मृगौला फालिएको डा. भट्टले बताए।
 
अभिभावकको मन्जुरीमा यस्तो शल्यक्रिया गरी पीडित बालिकाको स्वास्थ्य उपचार गरिँदैछ।
 
दुरबिनको मद्दतले गरिने यो शल्यक्रिया निक्कै जटिल मानिन्छ। अभिभावकको आग्रहमा ती बालिकाको दाहिने मिर्गौला हटाइएको हो। दाहिने मिर्गौलाले ३ प्रतिशत मात्र काम गरिहेको थियो। तर स्वास्थ्य विज्ञान अनुसार कम्तीमा एउटा मिर्गौला १५ प्रतिशत काम गर्नुपर्ने हुन्छ।
 
राजधानीको चार-पाँच वटा अस्पताल र भारतको पटना तथा अन्य ठूला सहरका केही अस्पतालमा मात्र यस्तो खाले शल्यक्रियाको सुविधा रहेको छ। फोटो : डा. पशुपति भट्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell