PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

माघभित्रै निर्वाचन मिति घोषणा नगरे प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने सत्तारुढ-कांग्रेस नेताको माग



पहिलोपोस्ट

माघभित्रै निर्वाचन मिति घोषणा नगरे प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने सत्तारुढ-कांग्रेस नेताको माग

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले माघभित्रै निर्वाचनको मिति घोषणा गर्न नसक्ने हो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने बताएका छन्।
 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य खड्काले निर्वाचनको मिति घोषणा गर्न नसक्ने प्रधानमन्त्रीले कुर्सीमा बसिरहनुको औचित्य नरहने बताए। रिपोर्टर्स क्लबको मंगलबारको साक्षात्कारमा उनले भने, 'राजीनामा दिएर बाटो सहज रुपमा खोलिदिनुपर्छ।’
 
बैसाखसम्मका लागि मात्र यो सरकार रहने गरी कांग्रेससँग सम्झौता भएको भन्दै नेता खड्काले माघभित्रै निर्वाचनको मिति घोषणा गरिएमात्रै बैसाखमा स्थानीय तहको निर्वाचन हुने र यदि माघमा पनि घोषणा नगर्ने हो भने जेठमा पनि चुनाव नहुने तर्क गरे। 
 
‘यो सरकार नै निश्चित् उद्देश्य लिएर बोकेर गठन भएको हो, त्यही पूरा नगर्ने हो भने के अर्थ हुन्छ?' उनले भने, 'निर्वाचन नगर्ने हो भने सहज रुपमा प्रधानमन्त्रीले राजीनामा दिएर मुलुकलाई निकास दिनुपर्छ। चुनौति लिन तयार नेता प्रधानमन्त्री बन्नुहुन्छ।’
 
संशोधन प्रस्ताव प्रक्रियामा गएर पारित भए पनि वा नभए पनि मधेसी मोर्चा चुनावमा सहभागी हुनैपर्ने नेता खड्काको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell