PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'छापामार युवतीको डायरी' बेलायतबाट ‘गुरिल्ला गर्ल’को नामबाट प्रकाशित



पहिलोपोस्ट

'छापामार युवतीको डायरी' बेलायतबाट ‘गुरिल्ला गर्ल’को नामबाट प्रकाशित

काठमाडौं : नेपालमा भएको दशक लामो जनयुद्धलाई समेटेर सिर्जना गरिएका पुस्तक निकै कम मात्रै प्रकाशनमा आएका छन्। तारा राईद्वारा लिखित ‘छापामार युवतीको डायरी’ त्यसैमध्येको एक हो। उनले आफ्नो जीवन भोगाइलाई उतारेको उक्त पुस्तक अब अंग्रेजी संस्करणमा पनि विश्व बजारमा आएको छ, ‘गुरिल्ला गर्ल’ नाममा।
 
१४ वर्षको कलिलो उमेरमै सशस्त्र जनयुद्धमा होमिएकी ताराको उक्त पुस्तकको अंग्रेजी संस्करण बेलायतको प्रकाशन गृह कनराड प्रेसले प्रकाशनमा ल्याएको हो। पुस्तकको अनुवाद जयन्त शर्माले गरेका छन् भने लेखक नरेश काङमाङ राई, अप्जसे कान्छा र बेलायती लेखक जेम्स एजिंगरले त्यसको सम्पादन गरेका छन्।
 
‘गुरिल्ला गर्ल’मा जनयुद्धका क्रममा तत्कालीन शाही सेनाद्वारा मारिएको तस्बिरलाई जीवन्त रुपमा ताराले उतारेकी छिन्। उनले सेनाको कब्जामा परी जेलयात्रा गर्दाको हृदयविदारक भोगाइको चित्र पनि पुस्तकमा अटाएकी छिन्। पूर्व राज्यमन्त्री तथा माओवादी नेतृ धर्मशीला चापागाईंसँगै जेल जीवन भोगेकी उनले चापागाईंकी निर्दोष छोरी अग्रानीसँग बिताएको क्षणलाई पाठकहरुको मन छुने गरी प्रस्तुत गरेको सम्पादक आप्जसे कान्छा बताउँछन्।
 
कृति अध्ययनपश्चात् अभिनेत्री जोवाना लुम्लेले पुस्तकमा मन्तव्य लेखिदिएकी छिन्। आफ्नो कृतिको अंग्रेजी संस्करण प्रकाशित भएको खबर पाएपछि ताराले भनिन्, 'सपनाहरु धेरै छन्। म अति नै खुसी छु।’

सम्पादक नरेश काङमाङ राई पनि नेपाली साहित्यलाई विश्वसहित्यमा उपस्थित गराउनको लागि यो प्रयास गरिएको बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell