PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

राजदूत नियुक्तिबारे अबको क्याबिनेटले निर्णय गर्छ : प्रधानमन्त्री



पहिलोपोस्ट

राजदूत नियुक्तिबारे अबको क्याबिनेटले निर्णय गर्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रिक्त रहेको राजदूतको पद चाँडै पूर्ति गरिने बताएका छन्।
 
प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, 'सबै तयारी भइसकेको छ। राजदूत नियुक्ति बारेको निर्णय अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ।'
 
यसअघि आजै बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्त गर्नका लागि सरकारलाई निर्देशन दिएको थियो। कतिपय अवैतनिक वाणिज्यदूत निष्क्रिय रहेको र कतिपय स्थानमा लामो समयसम्म रहेकाले नियामावली अनुसार पदपूर्ति गर्न र परिवर्तन गर्न पनि निर्देशन दिएको थियो। बैठकमा उपस्थित भएका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले राजदूत नियुक्तिका लागि आफू निकै हतारिएको भन्दै चाँडै प्रक्रिया अघि बढ्ने बताएका थिए।
 
हाल १४ मुलुकमा राजदूत रिक्त छन्। ६४ अवैतनिक महावाणिज्यदूत रहेकोमा केहीको कार्यावधि सकिएको र केहीका म्याद थपको प्रक्रियामा रहेको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिए। उनका अनुसार नेपालमा ४१ जना अन्य देशका अवैतनिक महावाणिज्यदूत कार्यरत छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell