PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​कान्तिपुर हाफ म्याराथनको विजेतालाई स्कुटर दिइने



पहिलोपोस्ट

​कान्तिपुर हाफ म्याराथनको विजेतालाई स्कुटर दिइने

काठमाडौं : फागुन ७ गते हुने कान्तिपुर हिरो हाफ म्याराथनको महिला पुरुष दुवै तर्फको विजेताले ड्यास स्कुटर प्राप्त गर्ने भएका छन्। 

यसअघिका विजेतालाई नगद पुरस्कार मात्र दिइने गरिएको भए तापनि यो पटक आयोजना हुने सातौं संस्करणको विजेतालाई एक एक थान स्कुटर प्रदान गरिने आयोजक कान्तिपुर पब्लिकेशन्सका असिस्टेन्ट जेनेरल म्यानेजर महेश स्वारले बताए।

यस रेकर्ड ब्रेक गर्नेलाई स्कुटर लिइने भनेपनि कसैले रेकर्ड तोड्न नसकेका कारण स्कुटर फिर्ता गर्नुपरेकाले यो पटक विजेतालाई नै स्कुटर दिइनलागेको आयोजकले जनाएको छ।

पब्लिकेशन्सको वार्षिकोत्सवको अवसरमा २०६७ साल देखि आयोजना हुँदै आएको हाफ म्याराथन नेपाली एथ्लेटिक्सकै प्रतिष्टित मध्ये एक हो।
२१ दशमलव १ किलोमिटर दुरीको हाफम मयारथन कान्तिपुर पब्लिकेशन्सको अगाडी सेन्ट्रल विजेनस पार्क थापाथली बाट सुरु हुनेछ। त्यसपछि माइतिघर, बबरमहल, बिजुली बजार नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, गट्ठाघर, सानोठिमी, भक्तपुरको सल्लाघारी चोक हुँदै कटुन्जे पुगेर पुनः त्यहि रुट फर्कनेछ।

हाफ म्याराथनको महिला पुरुष दुवै विजेताले नगद ५० हजार पनि प्राप्त गर्नेछन्। यस्तै उपविजेताले ३०/३० हजार तेस्रो हुने २०/२० हजार पाउनेछन् भने चौथो, पाँचौ र छैटौं हुनेले क्रमश १०/१०, ५/५  र ३/३ हजार हात पार्नेछन्।

यस्तै नेशनल रेकर्ड ब्रेक गर्नेलाई नगद २५ हजार दिने असिस्टेन्ट मयानेजर महशले स्वारले बताए।

हाफ म्यारथनको कोर्स रेकर्ड पुरुषतर्फ अनिस थापा मगर (१ घण्टा ७ मिनेट ४७ सकेण्ड, २०७०) र महिलातर्फ विशवरुपा बुढा (१ घण्टा २३ मिनेट १८ सेकेण्ड, २०७१) को नाममा छ।

यस पटक पनि हाफ म्याराथनसँगै कर्पोरेट र मिडियातर्फ ५ किलोमिटर र ३ किलोमिटरको ह्विल चेयर रेस समावेश छ।

ह्विल चेयर रेसको विजेता महिला पुरुष दुवैले २०/२० हजार पाउनेछन् भने दोस्रो र तेस्रो हुनेले १०/१० र ५/५ हजा हात पार्नेछन्।

यस्तै कर्पोरेट र मिडियातर्फको दौडको लागि उक्त क्षेत्रको अधिकृत वा तयो भन्दा माथिल्लो तहका कर्मचारीले मात्र सहभागी हुन पाउनेछन्। यस विधाको विजेताले काठमाडौं हङकङ काठमाडौंको हवाई टिक पाउनेद्धछन् भने दोस्रोले काठमाडौं पोखरा काठमाडौं तथा तेस्रो हुनेले माउण्टेन फ्लाइट टिकट पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell