PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

धनगढी प्रिमियर लिगलाई जगशक्तिको साथ, डिसहोम स्पोर्टसबाट सबै खेल लाइभ ब्रोडकास्ट हुने



पहिलोपोस्ट

धनगढी प्रिमियर लिगलाई जगशक्तिको साथ, डिसहोम स्पोर्टसबाट सबै खेल लाइभ ब्रोडकास्ट हुने

काठमाडौं : धनगढी प्रिमियर लिग डिपिएललाई जगदम्बा इन्टरप्राइजेज प्रालिको उत्पादन जगशक्ति टीएमटीले सहप्रयोजन गरेको छ।

यस्तै आगामी चैत ५ गतेदेखि धनगढीमा आयोजना पहिलो डिपिएलका सम्पूर्ण खेलहरु डिसहोम टेलिभिजनबाट लाइभ ब्रोडकास्ट हुने भएको छ।
सहप्रायोजन र लाइभ ब्रोडकास्टका लागि मंगलबार राजधानीमा सम्बन्धित पक्ष र आयोजकबीच सम्झौता भएको हो।

आयोजक धनगढी क्रिकेटका अध्यक्ष तथा एसपिएका निर्देशक सुवास शाही र जगदम्बा टीएमटीका जनरल मयानेजर उदयप्रसाद मिश्रले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार जगशक्ति टीएमटीले सहप्रयोजन बापत आयोजकलाई नगद ७ लाख प्रदान गर्नेछ। 

सम्झौता पछि आफूहरुले पनि डिपिएलमा कन्ट्रिब्युट गर्न पाएकोमा एकदमै उत्साहित भएको निर्देशक मिश्रले बताए।  'म यहाँका उद्यमीहरुलाई सबैलाई भन्न चाहन्छु कि हामीले खेल क्षेत्रलाई सहयोग गर्नुपर्छ। अरुलाई पनि स्पोन्सर कल्चर विकास गर्न आग्रह गर्छ,' मिश्रले भने।

जगदम्बा टीएमटीको सहप्रायोजनपछि डिपिएलको नाम सगरमाथा सिमेन्ट डिपिएल पावर्ड बाई जगशक्ति टीएमटी बार हुनेछ। यसअघि नै सगरमाथाले सिमेन्टले टाइटल स्पोन्सर गरिसकेको छ।

यो सबै सम्झौता एक वर्षको लागि मात्र भएको आयोजक अध्यक्ष सुवास साहीले बताए। 'हामी सँधैको लागि अगाडि बढ्ने हो तर अहिले छोटो समयका लागि सहकार्य भएको छ' साहीले स्पष्ट पारे।

यस्तै डिपिएलका सबै खेल डिसहोम स्पोर्ट्सले लाइभ ब्रोडकास्ट गर्ने भएको छ। आयोजकका तर्फबाट सुवास साही र डिसहोम स्पोर्ट्सका भाइस प्रेसिडेन्ट कल्यान अधिकारीले सहमती पत्रमा हस्ताक्षर गरे।

यससँगै डिसहोम स्पोर्ट्स ब्रोडकास्ट पार्टनरको रुपमा डिपिएलसँग जोडिएको छ। यसका लागि कुनै आर्थिक लेनदेन नभएको र लाइभ ब्रोडकास्ट बापत लाग्ने सबै खर्च डिसहोम आफैले बेहोर्ने अधिकारीले बताए।

पहिलो पटक राष्ट्रिय स्तरमा अक्सन गरिएको ६ फ्रान्चाइज टोली सहभागी रहने प्रतियोगिता आगामी चैत ५ गतेदेखि सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell