
काठमाडौँ : ललितपुर मनिखेल–८ बस्ने २४ बर्षीय राजु स्याङ्गतान र भारत मोतिहारी घर भई काठमाडौं बल्खु बस्ने २० वर्षीय राघवकुमार रजक बैठालाई चोरी गरिएका मोटरसाइकलसहित सोमबार प्रहरीले पक्राउ गरेको छ।
ललितपुर उपमहानगरपालिका–४ जावलाखेलमा चेकजाँच गर्ने क्रममा राघव कुमार बैठा पछाडि सवार रही राजु स्याङ्गतानले चलाएको बा.७८ प ४३२१ नम्वरको मोटरसाइकलको कागजात माग गर्दा देखाउन नसकेकोले शंका लागी प्रहरीले सोधपुछ गरेको थियो।
अनुसन्धानका क्रममा उक्त मोटरसाइकल काठमाडौ कपनबाट बा.७४ प ७५८३ नम्बरको मोटरसाइकल चोरी गरी बा. ७८ प ४३२१ नम्बरको नम्बरप्लेटमा परिवर्तन गरी चलाएको पाइएकोले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धानको गर्दा विभिन्न समय र स्थानबाट चोरी गरी नम्बर प्लेट परिवर्तन गरेको अन्य ४ वटा मोटरसाइकल समेत बरामद गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।