PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​खाडीमा रोजगारीको प्रलोभनमा पारेर ७८ जनालाई ठगी गर्ने साह पक्राउ



पहिलोपोस्ट

​खाडीमा रोजगारीको प्रलोभनमा पारेर ७८ जनालाई ठगी गर्ने साह पक्राउ

काठमाडौं : खाडीमा रोजगारीको नक्कली डिमाण्ड लेटर देखाएर ७८ जनालाई ठगी गरेको आरोपमा प्रहरीले धनुषाका मोहमद अजमत अलि साहलाई पक्राउ गरेको छ। कतार लगायत खाडी मुलकमा आकर्षक तलब सुबिधाको प्रलोभनमा पारेर प्रतिब्यक्ती ३ लाख रुपैंयासम्म ठगि गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।

ब्युरोका अनुसार साहको डेरा कोठाबाट ३ वटा भारतीय राहदानी र १ सय ७७ वटा नेपाली राहदानी फेला परेको ब्युरोले जानकारी दिएको छ। ब्युरोका अनुसार उनले रोजगारीको खोजीमा रहेकाहरुलाई नक्कली कागजात बनाई राहदानी लिई स्वास्थ्य परिक्षण समेत गराई पैसा ठगी गर्ने गरेका थिए।

उनले बिदेशी कम्पनीको नामको डिमाण्ड लेटर र भिषा समेत नक्कली बनाउने गरेका थिए। पिडितरूले आफ्नो राहदानी र रकम फिर्ता माग्दा उनले उल्टै धम्क्याउने गरेका थिए। उनले प्रहरीबाट जोगिन पिडितहरूकै नामबाट सिम कार्ड निकालेका थिए। उनको साथबाट १५ वटा सिम फेला परेको छ।
ब्युरोका अनुसार उनीविरुद्ध ८७ जना पिडितले निवेदन दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell