PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

वर्ल्ड एड्भेन्चरर अफ दी इयर मीरा राई भन्छिन्- 'अल्ट्रा रनिङ रमाइलो रेस हो'



पहिलोपोस्ट

वर्ल्ड एड्भेन्चरर अफ दी इयर मीरा राई भन्छिन्- 'अल्ट्रा रनिङ रमाइलो रेस हो'

काठमाडौं : नेशनल जियोग्राफिकद्वारा वर्ल्ड एड्भेन्चरर अफ दी इयर घोषित नेपाली अल्ट्रा धाविका मीरा राई नगदसहित सम्मानित भएकी छिन्।
 
मंगलबार काठमाडौंमा वी विल राइज फाउण्डेशनले मीरालाई नगद र अभिनन्दनपत्र सहित सम्मान गरेको हो। फाउण्डेशनका संस्थापक तुलसी गुरुङ र अभिनेत्री श्वेता खड्काले मीरालाई अभिनन्दनपत्र सहित नगद ५० हजार प्रदान गरे।
 
राष्ट्रिय फुटबल टीमका प्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी राजुकाजी शाक्यले मीरालाई राष्ट्रिय झण्डा प्रदान गरे। त्यसबाहेक विभिन्न क्षेत्रका व्यक्तिहरुले फूलमाला र खादा लगाएर मीरालाई सम्मान गरेका थिए।
 
सम्मानपछि विश्व च्याम्पियन अल्ट्रा ट्रेल रनर मीराले देशदेखि विदेशसम्म आफूलाई सहयोग गर्ने भोटिङ गर्दै एड्भेन्चरर अफ दी इयर अवार्ड दिलाउने सबैलाई धन्यवाद व्यक्त गरिन्। 'मलाई भोट गरेर जिताउनुभएको छ, मैले जित्नु भनेको नेपालले जित्नु हो,' उनले भनिन्, 'विभिन्न क्षेत्रका क्याम्पेन गरेर जिताउने सबैलाई फेरि धन्यवाद।'

यो सफलता आफ्नो लागि मात्र नभई यस क्षेत्रमा लाग्ने योङ जेनेरेसनको लागि भएको उनले बताइन्। 'अल्ट्रा रेस उकाली-ओराली गर्दै दौडनुपर्छ, हामी अहिले वीर गोर्खाली भनेर विश्वमाझ चिनिन्छौं। अब यो रेस दौडेर पनि हामी विश्वमाझ चिनिन सक्छौं,' नयाँलाई पनि यस रेसमा लाग्न हौसला प्रदान गर्नुपर्नेमा जोड दिँदै मीराले भनिन्। नयाँ भाइबहिनीहरुलाई पनि यस क्षेत्रमा लाग्न प्रेरित गर्न र सहयोग गर्न पनि उनले आग्रह गरिन्।
 
अल्ट्रा रेसलाई रमाइलो रेसको संज्ञा दिँदै मीराले रेसको प्रक्रियाबारे पनि सुनाइन्, 'सयभन्दा बढी किलोमिटर नन स्टप दौडनुपर्छ, जंगल, खोला नाला, उकाली-ओराली सबै ठाउँमा दौडनुपर्छ। यो एकदमै रमाइलो रेस हो। रमाइलो गर्दै दौडनुपर्छ।' अल्ट्रा रेसको लागि नेपाललाई प्रकृतिले नै साथ दिएको मीराको भनाइ छ। विदेशका रनरहरुलाई समेत यहाँ ल्याएर दौडाउनुपर्ने उनले बताइन्।
 
'हामीसँग दौडने ठाउँ छ, दौडनुपर्छ, रमाइलो गर्नुपर्छ। दौडँदा स्वस्थ पनि भइन्छ,' मीराले उतसाहित हुँदै भनिन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell