
क्यानडाकी डोन्ना पेन्नर सन् २००८ मा सामान्य अपरेसनका लागि अस्पतालमा भर्ना हुनुपर्यो। त्यो लेप्रोस्कोपी पेटमा केही ठाउँमा चिरा लगाउने प्रक्रिया थियो।
चिकित्सकले उनलाई अपरेसन टेवलमा पल्टाए र आफ्नो काम गर्न थाले। उनको शरीरमा धेरै तार लगाइएको थियो जुन मनिटरसित जोडिएका थिए। उनलाई एनेस्थेसिया दिइयो। पहिले इन्जेक्सनबाट र पछि मास्कको माध्यमबाट। यसपछि उनलाई लामोलामो श्वास लिन भनियो।
डाक्टरले जेजसो भने डोनाले त्यस्तै गरिन्। उनी चाँडै नै बेहोस भइन्। तर दुर्भाग्यवश एनेस्थेसिया विफल भयो। अप्रेसन सकिनु अगाडिनै उनको होस खुल्यो।
सर्जनले 'छुरी प्लिज' भनेको उनले सुनिन्। उनलाई प्यारालाइसिस नहोस् भन्नका लागि एनेस्थेसियाका साथसाथै न्यूरोमस्कुलर ब्लकर पनि दिइएको थियो। शरीरका अङ्ग नचल्ने औषधिको प्रभावका कारण उनले आफू होसमा आइसकेको चिकित्सकलाई जानकारी दिन सकिनन्।
'होसमा आएपछि म अपरेसन थिएटरको आवाज सजिलै सुन्न सक्दथे। मेसिनको आवाज, मान्छेहरु हिँडेको आवाज, डाक्टरको हातमा रहेको कैचीको आवाज' बिबिसी हिन्दीसँग आफ्नो पीडा बाँड्दै डोनाले भनिन्'म औषधिको असरमा थिएँ तर होसमै थिएँ। मलाई लाग्यो सबैथोक समाप्त भयो!'
सबैथोक उनकै आँखाको अगाडि भइरहेको थियो। अपरेसन यसरी चलिरहेको थियो कि मानौँ केही पनि भएको छैन।
'म डराएकी थिएँ। म केहीबेर रोकिएँ। तर फेरि मलाई पीडाको आभास भयो। पीडा अत्यन्तै चर्को थियो। यसलाई बताउन मसित शब्द नै छैनन्। म आफ्नो आँखा खोल्न सकिरहेकी थिइनँ। मैले उठ्ने कोसिस गरेँ। तर म अलिकति पनि चल्मलाउन सकिनँ,' डोनाले भनिन्' 'ममाथि कोही आएर बसिरहेजस्तो आभास भइरहेको थियो मलाई। पीडा अत्यन्तै भयानक थियो। मेरो आँखाबाट आँसु आउन सुरु भइसकेको थियो। तर म प्यारालाइज्ड भएकैले आँसु झार्न सक्दिनँथे।'
उनले मनिटरको आवाजबाट तीब्र गतिमा चलिरहेको आफ्नै दिलको धड्कन सुन्न सक्थिन्। कम्तीमा तीन चोटी उनले आफ्नो पूरै ताकत लगाएर खुट्टा हल्लाउने प्रयत्न गरिन् तर सकिनन्। सर्जरी करिब डेढ घण्टासम्म चल्यो। कुनै चिकित्योसकले डोनातर्फ ध्यान दिएनन्।
'एपेन्डिक्सलाई हेर, यो गुलावी छ। गर्भाशय पनि ठीक छ', सर्जनले भनिरहेका कुरा उनी सहजै सुनिरहेकी थिइन्।
उनी मेसिनबाट श्वास लिइरहेकी थिइन्। जसको माध्यमबाट उनलाई एक मिनटमा सात चोटी अक्सिजन दिइँदै थियो। तर पीडा र डरका कारण उनको मुटुको धड्कन प्रति मिनट १४८ पुगेको थियो।
'उनीहरुले गरेको काम र कुरा म राम्ररी सुन्न सक्थे। उनीहरु कसरी मेरो पेटमा चिरा लगाउँदै थिए र म कसरी आफ्नो अङ्गलाई हल्लाइरहेकी थिएँ, म राम्ररी महसुस गर्नसक्थे' डोनाले भनिन्।
नयाँ समस्या
अपरेसन सकिनै लागेको थियो। त्यसै बेला उनले जिब्रो केही हल्लाउन सकेको आभास गरिन्। 'श्वास लिनका लागि जुन नली उनको मुखमा राखिएको थियो, त्यसलाई उनले जिब्रोले हल्लाउन सुरू गरिन्। यस्तो गर्दा कसैको ध्यान आफूतिर पर्ने उनको अनुमान थियो। तर उनीहरुले नली नै हटाइदिए।
'ममाथि नयाँ समस्या थपिएजस्तो लाग्यो। पीडा यति भयानक थियो कि मलाई लाग्दै थियो म मर्ने तयारीमा छु। श्वास पनि फेर्न पाइरहेकी थिइनँ' उनले भनिन्।
त्यसैबेला नर्सले चिल्लाउँदै भनिन्, 'डोना, श्वास लेउ... श्वास लेउ!'
उनले सुनिन्, 'तिमीलाई केही पनि हुँदैन, तिमी ठीक हुनेछौ।'
उनले मनमनै आफ्ना श्रीमान् र बच्चाका बारेमा प्रार्थना गरिरहेकी थिइन्। उनले भनिन्, 'मलाई घर लैजानुस्, मलाई मर्न दिनुस्। किनभने म अब योभन्दा बढी उठ्न सक्दिनँ।'
दोष कसैको पनि होइन
उनीहरु फेरि फर्केर आएको उनलाई महसुस भयो। उनलाई फेरि अपरेसन कक्षमा लगियो।
तबसम्म डाक्टरले चाल पाइसकेका थिए 'यहाँ केही गडबडी छ।' फेरि सर्जन उनको कोठामा आए र भने, 'मलाई केही गडबडी भएको कुरा जानकारी भएको छ।'
उनले चिकित्सकलाई भनिन् 'छुरी चलाइरहेका बेला मलाई केही महसुस भइरहेको थियो।'
डाक्टरले मेरो हात समातेर भने, 'म ज्यादै दुखी छु।'
मनोचिकित्सको भनाइअनुसार यस्तो परिस्थतिमा बिरामीमा लामो समयसम्म नराम्रो असर रहने गर्दछ। तर उनको सन्दर्भमा पीडा बताउन सकिरहेकी थिइन्।
डोना भन्छिन्, 'म कसैमाथि दोष थोपर्न चाहन्न। म चाहन्छु कि मान्छे यस घटनाबाट केही पाठ सिकून्।'
थॉमस हार्डिंग असाइंडर
(हिन्दी बीबीसीबाट)