PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

​खुल्ला लनटेनिसको उपाधि समरक्षक बज्राचार्य र मायांका राणालाई



पहिलोपोस्ट

काठमाडौं : ‘नवौं सहवीर स्मृती खुल्ला लनटेनिस प्रतियोगिता–२०७३’ मा पुरुष एकलतर्फ काठमाडौका समरक्षक बहादुर बज्राचार्य र महिलातर्फ मायांका राणाले उपाधि जितेका छन् ।

सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा यही माघ १३ गतेदेखि संचालित प्रतियोगिताको  मंगलबार सम्पन्न फाइनल खेलमा बज्राचार्यले ए.आई.ए.का कुमार अधिकारीलाई ७–५, ७–६ ले पराजित गरे।

यसैगरी महिला एकलतर्फको फाइनल खेलमा ललितपुरका मायांका राणाले पोखराकी गंगा शर्मालाई ६–४, ६–२ ले पराजित गरिन्।

प्रतियोगिताको ३५ वर्षमाथि भेट्रान्स एकलतर्फको फाइनल खेलमा ललितपुरका राजु क्षेत्रीले नेपाल एपीएफ क्लवका श्रीराम मगरलाई ४–६, ६–३ र १४–१२ ले पराजित गर्दै उपाधि जितेका छन्।

यसैगरी ४५ वर्षमाथि भेट्रान्स एकलतर्फको फाइनल खेलमा ललितपुरका कृृष्णराज घलेले हेटौडाका प्रताप मोक्तानलाई ६–४, ६–१ ले पराजित गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell