PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

श्रद्धा कपुरसँग विवाह गर्न चाहन्छन् टाइगर



पहिलोपोस्ट

श्रद्धा कपुरसँग विवाह गर्न चाहन्छन् टाइगर

बलिउडमा एक्सन हिरोको रुपमा जम्दै गरेका टाइगर श्राफले अर्की बलिउड अभिनेत्री श्रद्धा कपुरसँग आफुले विवाह गर्न चाहेको बताएका छन्।

करण जोहरको कार्यक्रम कफि विथ करनमा उनले श्रद्धासँग आफु स्कुले जीवनदेखीनै एकतर्फी प्रेममा रहेको राज खुलाउँदै उनीसँग विवाह गर्न चाहेको बताएका हुन्। टाइगर र श्रद्धाले बागी फिल्ममा संगै अभिनय गरेका थिए।

टाइगर र अर्की अभिनेत्री दिशा पटानीको सम्बन्धलाई लिएर बलिउडमा गसिपले बजार लिइरहेको छ। तर उनले पटानी आफ्नो क्लोज फ्रेन्ड भन्दै टारेका थिए।

कार्यक्रममा टाइगर एक्लै थिएनन्। उनीसँगै उनका बुबा ज्याकी पनि सँगै थिए। छोराले आफ्नो श्रद्धा प्रेम बताइरहँदा बाबु ज्याकीले भने आफ्नो माधुरी प्रेम खुलाए।

कुन अभिनेत्रीको विवाहले मन दुखेको थियो भन्ने करणको प्रश्नमा उनले भने' माधुरी कुनै शंका।'

माधुरी जत्तिको सेक्सी अन्य कुनै अभिनेत्री नलाग्ने बताउँदै उनले उनी ज्यादै मन पर्ने बताए।

फिजिकल फिटनेसमा टाइगरलाई निक्कै सचेत देखिन्छन्। उनले मेन्टेन गर्न शरिरलाई हानी हुने केही नखाने गरेको बताए। बेलुका १० वजे सुतिसक्ने र विहान ६ वजे उठ्ने आफ्नो दैनिकी समेत खुलाएका थिए।
फस्टपोस्टबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell