PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

मणि व्यापारीको अपहरणमा नक्कली सिआइवी



राधेश्याम पटेल

मणि व्यापारीको अपहरणमा नक्कली सिआइवी

वीरगञ्ज: नागमणीको कारोबारमा विवादहुँदा अफहरणमा परेका महम्मद अब्दुल्लाहलाई अपहरणमुक्त गर्न गएको जिल्ला प्रहरी कार्यालय पर्साले १० जना प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरीलाई पक्राउ गर्यो । तर ती सक्कली हैन नक्कली निस्किए।

व्यापारी अब्दुल्लाहलाई अपहरण गरी बन्धक बनाएर राखेको होटलमा छापा मारेर प्रहरीले सिआइवीका प्रहरी बनेका सर्लाही ,नेत्रगञ्जका योगेन्द्र प्रसाद भट्ट ,राजु लामा ,सर्लाही भाटसारका नसिर अख्तर ,हरिवनका सुवेश घलान ,विजयबहादुर वल ,काठमाडौं बुढानिलकण्ठका प्रेमबहादुर श्रेष्ठ ,सिन्धुपाल्चोक लिसङ्खुका सागर श्रेष्ठ र काभ्रे ,भिखुरेका मोहनबहादुर गिरीलाई पक्राउ गरेको हो।

पक्राउ परेकालाई प्रहरीले मंगलवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो। प्रहरीका अनुसार माघ १५ मा वीरगंज–१८ बसपार्कबाट बारा ,सिस्वा महेशपुर–२ का ३१ वर्षिय महम्द अब्दुल्लाह सिआईबीको टोली भन्दै एक समूहले आफुसँगै लिएर गएको थियो।

उनीहरुले वीरगन्जबाट स्कार्पियो गाडीमा राखेर उनलाई सिमराको एक होटलमा राखेको थियो । उनीहरुले आफुलाई सिआइवीको टोलीको रुपमा चिनाएका थिए। अब्दुल्लाह सिमरामा रहेको सूचनाको आधारमा प्रहरीले बारा प्रहरीको समेत सहयोग लिएर होटलमा छापा मारेर अब्दुल्लाहलाई अपहरणमुक्त गर्दै १० जनालाई पक्राउ गरेको थियो।

अनुसन्धानबाट अपहरणमा परेका व्यक्ति अब्दुल्लाह सर्पको मणि कारोबारी रहेको र नागमणिको कारोबारमा लेनदेनको विषयमा विवाद हुदाँ उनी अपहरणमा परेको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले जानकारी दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell