PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

नायब सुब्बामा आवेदन दिने म्याद तीन दिन थपियो : माघ २८ सम्म म्याद



पहिलोपोस्ट

काठमाडौ : लोकसेवा आयोगले नायब सुब्बा पदमा आवेदन दिने समय बढाएर २८ गतेसम्म पुर्‍याएको छ। सर्भर डाउन भएर आवेदन दिन नसकेकाहरुले आयोगमा पुगेर विरोध गरेपछि आवेदनको म्याद तीन दिन बढाएको हो।

आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाका अनुसार अनलाइनमार्फत फाराम भर्ने अत्यधिक उम्मेदवार भएको र फाराम भर्न प्राविधिक समस्या देखिएकाले  माघ २८ गतेसम्म फारम भर्न पाइन्छ।

उनले एकै पटक धेरै उम्मेदवारले फाराम भर्दा सर्भर अवरुद्ध हुन पुगेको दावी गरे। कोइरालाका अनुसार सुरु दस्तुरमा आगामी शुक्रबार र दोब्बर दस्तुरका लागि माघ २८ सम्म समय थप गरिएको छ ।

गत पुस २७ गते दरखास्त आह्वान गरिएको नासुको मङ्गलबारसम्म सुरु दस्तुर र माघ २५ गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्न समय तोकिएको थियो । नासुमा चार सय ५६ जनाका लागि दरखास्तमा माग गरिएकामा अहिलेसम्म करिब २१ हजारले फाराम भरेको आयोगका दरखास्त सङ्कलन शाखाका अधिकृत नारायण गौतमले जानकारी गराए । रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell