PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

​चितवन रत्ननगरको गंगा प्लाजामा आगलागी, ४० लाख रुपैयाँ बराबरको क्षति



पहिलोपोस्ट

रत्ननगर : चितवनको रत्ननगरस्थित गङ्गा प्लाजामा गएराति आगलागी हुँदा झन्डै रु ४० लाख बराबरको क्षति भएको छ। 

राति ९ बजेर १५ मिनटको समयमा आगलागी हुँदा गङ्गा प्लाजाभित्र रहेको बेबी स्टोर, फेन्सी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ। प्रहरीका अनुसार आगो राति १०ः३० बजे पूर्ण नियन्त्रणमा आएको हो। 

रत्ननगर–१ सौराहा चोकमा टङ्क लामिछानेले सञ्चालन गरेको बेबी स्टोरसँगै रहेको फेन्सी पसलमा आगलागी हुँदा कपडा, फर्निचर, जुत्ता चप्पल गरेर रु ३५ लाख देखि ४० लाखको क्षति भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय, रत्ननगरले जनाएको छ। 

विद्युत् चुहावट भएर आगलागी भएको अनुमान गरिएको प्रहरीको भनाइ छ। मानवीय क्षति भने भएको छैन। भरतपुरबाट गएको दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell