PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

प्रिमियर लिग : कोस्टाले पेनाल्टी चुकाउँदा चेल्सी लिभरपुलसँग बराबरीमा रोकियो, आर्सनल वाटफोर्डसँग पराजित



पहिलोपोस्ट

प्रिमियर लिग : कोस्टाले पेनाल्टी चुकाउँदा चेल्सी लिभरपुलसँग बराबरीमा रोकियो, आर्सनल वाटफोर्डसँग पराजित

डिएको कोस्टा पेनाल्टीमा गोल गर्न असफल हुँदा चेल्सी प्रिमियर लिगको खेलमा लिभरपुलसँग बराबरीमा रोकिएको छ। गएराती लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा चेल्सी १-१ को बराबरीमा रोकियो।

दोस्रो स्थानको आर्सनलको पराजय तथा टोटनहमको बराबरीको फाइदा शीर्ष स्थानको चेल्सीले उठाउन सकेन।

यसअघि आर्सनल वाटफोर्डसँग घरेलु मैदानमै पराजित भएको थियो भने टोटनहम सण्डरल्याण्डसँग बराबरीमा रोकिएको थियो।

एनफिल्डमा डेविड लुइजले २५ औं मिनेटमा गोल गर्दै पाहुना टोली चेल्सीलाई पहिले अग्रता दिलाए। तर दोस्रो हाफमा लिभरपुलले बराबरी गोल फर्काए। ५८ औं मिनेटमा जर्जिनिाओ विज्नालडमले लिभरपुलका लागि बराबरी गोल गरे।  

लिभरपुलका जोएल माटिपले ७६ औं मिनेटमा ढिएगो कोस्टालाई डि एरियामा फल गरेपछि चेल्सीले पेनाल्टीको पायो। तर कोस्टाले नै प्रहार गरेको पेनाल्टी लिभरपुलका गोलरक्षक सिमोन मिङनोलेटले रोकेपछि चेल्सीले अग्रता बनाउने अवसर गुमाएको हो।

बराबरीपछि पनि २३ खेलबाट ५६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा आसिन छ भने आर्सनल र टोटनहम भन्दा ९ अंकले अगाडी छ।

समान ४७ अंक रहेको आर्सनल र टोटनहम गोलअन्तरमा क्रमशः दोस्रो र तेस्रोमा छन्। लिभरपुल भने ४६ अंकका साथ चौथो स्थानमा छ। 

त्यसअघि आर्सनल आर्सनल घरेलु मैद्यानमै वाटफोर्डसँग २-१ ले पराजित भयो। युनेस काबाउल र ट्रोने डिनेले ३ मिनेटको अन्तरमा गोल गर्दै १३ मिनेट भित्रै वाटफोर्डलाई २-० को अग्रता दिलाए। 

५८ औं आर्सनलका एलेक्स इओबीले गोल गर्दै गोल अन्तर कम पारे। पहिलो हाफमा २ गोलले पछि परेको आर्सनलले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेपनि हार टार्न सकेन।

अर्को खेलमा टोटनहम सण्डरल्याण्डसँग गोलरहित बराबरीमा रोकियो। 

यता साविक विजेता लेस्टर सिटीले सिजनको १२ औं हार बेहोरेको छ। लेस्टरलाई बर्नलले घरेलु मैदानमा १-० ले हरायो। बर्नलेललाई महत्वपूर्ण ३ अंक दिलाउन खेल सकिन ३ मिनेट अगाडी साम भोक्सले निर्णायक गोल गरे।

जितपछि बर्नले २३ खेलबाट २९ अंक जोड्दै नवौं स्थानमा उक्लेको छ भने समान खेलबाट २१ अंक मात्र जोडेको १६ औं स्थानमा छ र रेलिगेशन जोनभन्दा २ अंकले मात्र माथि छ।

प्रिमियर लिगकै अन्य खेलमा स्वान्सी सिटीले साउथह्याम्पटनलाई २-१ ले, क्रिस्टल प्यालेसले एएफसी बर्नमाउथलाई २-० हराउँदा मिडल्स्ब्रो र वेष्टब्रोम १-१ गोलको बराबरी खेलेका छन्।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell