PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

सार्क कार्यक्रम समितिको ५३ औँ बैठक सुरु



पहिलोपोस्ट

काठमाडौँ : दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ५३ औँ बैठक आज काठमाडौँमा सुरु भएको छ।
 
बैठकको नेतृत्व परराष्ट्र मन्त्रालय, क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले गरेका छन्।
 
सार्क अध्यक्षका नाताले नेपालले उक्त समितिको बैठक आयोजना गरेको हो। सार्क सचिवालयको सक्रियतामा भएको उक्त बैठकमा आठवटै सदस्य मुलुकका परराष्ट्र, विदेश/बाह्य मामिला मन्त्रालयमा क्षेत्रीय सङ्गठनको जिम्मेवारी पाएका सहसचिवले भाग लिएका छन्।
 
गत चैतदेखि हालसम्म भएका सार्कका गतिविधि, सार्क सचिवालय सञ्चालनका साथै आगामी वर्षको बजेटलगायत विषयमा बैठकमा छलफल हुनेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell