PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

​संसद् आज पनि बस्दै, स्थानीय तह निर्वाचन विधेयक प्रतिबेदन पेश हुने



पहिलोपोस्ट

​संसद् आज पनि बस्दै, स्थानीय तह निर्वाचन विधेयक प्रतिबेदन पेश हुने

काठमाडौं : व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ। दिनको ३ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनसम्वन्धी विधेयकमाथिको प्रतिवेदन पेश हुँदैछ।

राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले समितिको प्रतिबेदनसहितको विधेयक संसदमा पेश गर्नेछन्। मंगलवार समिति अन्तर्गतको उपसमितिले विधेयकमा सहमति गरेको थियो। उपसमितिको निर्णयअनुसार समितिको बुधवार बिहान बस्ने बैठकले प्रतिबेदन पारित गर्नेछ। पारितपछि प्रतिबेदन संसद्मा पेश हुनेछ।

समितिले निर्वाचनसम्वन्धी एक बिचराधीन विधेयकमा भने अझै सहमति कायम गर्न सकेको छैन। राजनीतिक दलसम्वन्धी विधेयकमा भने समितिले सहमति कायम गर्न सकेको छैन्।

यस्तै, संसद्मा आज बोनस पाँचौ संशोधन विधेयक दफावार छलफलका लागि समितिमा पठाउने कार्यसूची छ। उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले विधेयक समितिले पठाउने प्रस्ताव गर्नेछन्। महराकै प्रस्तावमा संघीय आकस्मिक कोष गठनसम्वन्धी विधेयक पनि दफावार छलफलका लागि समितिमा पठाइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell