PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

श्रीपञ्चमीमा सरस्वती मन्दिरका भित्तामा नानीहरुका अक्षरकला, हेर्नुस १५ फोटोमा

श्रीपञ्चमीमा सरस्वती मन्दिरका भित्तामा नानीहरुका अक्षरकला, हेर्नुस १५ फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : विद्या र सिर्जनकी देवी सरस्वतीको आज विशेष पूजा आरधना गरिँदैछ। आज विद्यालय प्रवेशको उमेर भएका साना नानीहरुलाई अक्षर चिनाउने उत्तम साइत पनि मानिन्छ। सरस्वती मन्दिरको भित्तामा अक्षर लेख्न सिकाई शिक्षारम्भ गराउने प्रचलन छ। 


आज विवाह, व्रतबन्ध, बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य सञ्चालनका लागि साइत हेर्न नपर्ने धार्मिक विश्वास छ। 

विद्याकी देवी सरस्वती पूजाका दिन शिक्षक, विद्यार्थी, कलाकार र विभिन्न पेश व्यवसायका व्यक्तिले आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। 


सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ। 


सरस्वती पूजाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ। यसैले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ। विद्या प्रारम्भका लागि आजका दिन सवैभन्दा उत्तम हुने विश्वास गरिन्छ। 

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ।
उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ। 





ट्रेन्डिङ पोस्ट

Ncell