PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

सरस्वती पूजाको दिनलाई राष्ट्रिय पुस्तक दिवस मनाउन माग



पहिलोपोस्ट

काठमाडौँ : सरस्वती पूजाको दिनलाई राष्ट्रिय पुस्तक दिवसको मान्यता दिन राष्ट्रिय पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले सरकारसँग माग गरेको छ।
 
महासङ्घले तीन वर्षदेखि आफ्नै पहलमा आजका दिन राष्ट्रिय पुस्तक दिवस मनाउँदै आए पनि सरकारले मान्यता दिनुपर्ने माग गरेको हो। अन्तर्राष्ट्रिय रुपमा हरेक २३ अक्टोबारमा पुस्तक दिवस मनाइन्छ।
 
महासङ्घका महासचिव नवनिधि पन्तले आज पूर्वाञ्चलको इटहरीमा भेला आयोजना गरेर दिवस मनाउने जानकारी दिँदै सरकारलाई औपचारिकरुपमा पुस्तक दिवस मनाउन माग गरे। दिवसले पठन संस्कृतिको विकासमा सहयोग र प्रवर्द्धन गर्ने उनले बताए।
 
यसैबीच आज विभिन्न शिक्षालय र सरस्वती मन्दिरमा श्रीपञ्चमी मनाइँदैछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell