PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

मुसहर बस्तीका बालबालिकाले गरे अक्षरारम्भ



पहिलोपोस्ट

मुसहर बस्तीका बालबालिकाले गरे अक्षरारम्भ

महोत्तरी : महोत्तरीको बर्दिबास २ मा रहेको मुसहर बस्ती यतिखेर चर्चामा छ। कलाकार धुर्मुस सुन्तलीले बनाउँदै गरेको एकीकृत बस्तीका कारण यतिखेर मुसहर बस्तीको मुहार नै फेरिँदै गएको छ।

बस्तीमा पक्की घरको जगमात्र होइन अहिले चेतनास्तर पनि विस्तारै माथि उठ्दै गएको छ। मुसहरमा शिक्षा आवश्यक छ भन्ने चेतनासमेत धुर्मुस सुन्तलीले दिएका छन्। 


बुधबार श्रीपञ्चमीको अवसरमा ३५ जना मुसहर बालबालिकाले कलम र कपी समाएका छन् । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको प्रतिमा राखेर स्थानीयहरुले निष्ठापूर्वक पूजा–आराधना गरी छोरा छोरीहरुलाई लेख्न र पढ्न आजबाट सुरुवात गरेका छन्।


धुर्मुस सुन्तलीको प्रेरणाबाट शिक्षामा जोड गरेका मुसहरहरुले पछिल्लो समय आफ्ना बच्चाहरुलाई स्कूल पठाउन थालेका बस्तीका मञ्जय सादा मुसहरले बताए। अघि मुसहर बस्तीका ६८ जना बालबच्चा स्कुलमा पढिरहेका जनता माविका प्र.अ नारायण प्रसाद अधिकारीले बताए । धुर्मुस सुन्तली अहिले कार्यक्रमको लागि अष्ट्रेलियामा छन्।










@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell