PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

मन्त्री पाण्डे भन्छन्- 'सरकार निर्वाचनमा केन्द्रित छ'



पहिलोपोस्ट

मन्त्री पाण्डे भन्छन्- 'सरकार निर्वाचनमा केन्द्रित छ'

कपिलवस्तु : सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले सरकार स्थानीय निर्वाचनमा केन्द्रित भएको बताएका छन्।

प्रेस सेन्टर नेपाल कपिलवस्तु शाखाले तौलिहवामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले संविधान संशोधनको विषय र निर्वाचनको तयारी एकै साथ अगाडि बढाइएको बताएका हुन्।

वर्तमान सरकारको पहिलो प्राथमिकता संविधान कार्यान्वयन रहेकाले निर्वाचनको तयारीकै लागि संसद्ले निर्वाचनसम्बन्धी तीन वटा विधेयक पारित गरिसकेको मन्त्री पाण्डेले बताए।

स्थानीय निकायबारे राज्य पुनसंरचना आयोगले बुझाएको प्रतिवेदन संसदमा पेस गरिएको बताउँदै उनले सोही प्रतिवेदनकै आधारमा गाउँपालिका र नगरपालिकाको निर्वाचन हुने बताए।

संविधान कार्यान्वयनका लागि समयसीमाभित्रै निर्वाचन गर्नुको विकल्प नरहेको बताउँदै उनले आन्दोलनरत मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सहमतिमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रयत्न गरिरहेको उनले बताए।
रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell