PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

काठमाडौँ विश्वविद्यालयमा १० दिनदेखि पठनपाठन ठप्प



पहिलोपोस्ट

काठमाडौँ विश्वविद्यालयमा १० दिनदेखि पठनपाठन ठप्प

बनेपा : काठमाडौँ विश्वविद्यालयमा १० दिनदेखि भएको तालाबन्दी हालसम्म पनि खुल्न नसक्दा पठनपाठन प्रभावित भएको छ।

विद्यार्थी कल्याणको चुनाव स्थगनपछि अनेरास्ववियुले काठमाडौँ विश्वविद्यालयको प्रशासनिक कक्षलगायतका विभिन्न विभागमा गत ९ गतेदखि तालाबन्दी गरेको थियो।

विश्वविद्यालयका रजिष्टार डा. भोला थापाले तालाबन्दीका कारण पठनपाठन ठप्प भएको उल्लेख गर्दै विद्यार्थीसँग वार्ता जारी रहेको बताए।

काठमाडौँ विश्वविद्यालय अनेरास्ववियु राष्ट्रिय कमिटीका सचिव उजन गौतमले अनेरास्ववियुले चुनाव जित्ने निश्चित भएका कारण चुनाव भाँडिएको आरोप लगाउँदै विद्यार्थी कल्याणको चुनाव यथाशीघ्र गर्न आग्रह गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell